१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिवाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाइँ विचारकै भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफूहरु विचारको लडाइँ लड्न बाध्य भएको बताए ।उनले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाइँ भएको भन्दै पद वा जुँगाको लडाइँ नभएको पनि बताए । उनले ओलीको अहंकारकै कारण देश र पार्टी बिग्रेको आरोप लगाए ।उनले समाजको परिवर्तन नै आफूहरुको मूल लक्ष्य भएको तर्क गरे । ओलीले ठिक ढंगले पार्टी नचलाएकोले आफूहरुले विरोध गरेको उनको तर्क थियो ।

उनले आफूहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफूहरु बालुवाटारमा हुने धारणा पनि राखेका थिए । अब नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]