१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

सल्यानको कपुरकोट गाउँपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्।कपुरकोट गाउँपालिका-२ दाङ्बाङ गाउँमा शुक्रबार बिहान आगलागी भएको हो।

आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान ८ बजेतिर आगलागी भएको हो।प्रहरी र स्थानीयको सहयोगमा साढे १२ बजे आगो नियन्त्रणमा आएको हो।प्रहरीका अनुसार उक्त गाउँका सुकबहादुर बुढा र चित्र बहादुर घर्तीको घर पूर्ण रूपमा जलेका छन् भने खड्क घर्तीको घरमा आंशिक क्षति भएको छ।पूर्ण रूपमा नष्ट भएका घरहरूमध्ये एउटा घरमा १५ हजार रुपैयाँ नगद र अर्को घरमा साढे २ लाख रुपैयाँ नगद जलेर नष्ट भएको प्रारम्भिक विवरण आएको छ।

अरु अन्नबाली, लत्ताकपडा पनि जलेका छन्। मानवीय तथा पशुचौपायाको कुनै क्षति नभएको सल्यान प्रहरीले जनाएको छ। आगलागीको कारणबारे भने जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]