१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

रूपन्देही – रूपन्देहीको रोहिणी गाउँपालिकाले पालिकालाई धुवाँमुक्त बनाउन पहिलो चरणमा ५ सय वटा विद्युतीय चुल्हो वितरण गर्ने योजना बनाएको छ ।

वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत रोहिणी गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत विद्युतीय चुल्हो वितरण गर्ने भएको छ ।सेवाप्रदायक डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रालिले चुल्होसहित त्यसलाई आवश्यक पर्ने विद्युतीय उपकरण र वायरिङसमेत ४ हजार २ सय २३ रुपैयाँमा उपलब्ध गराउन नवीकरणीय ऊर्जा कार्यक्रमले ६० प्रतिशत र रोहिणीको ४० प्रतिशत अनुदानमा स्थानीयलाई उपलब्ध गराइने रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।

‘सुरुमा ५ सय घरधुरीलाई प्रदान गर्ने लक्ष्य राखेका छौँ । यसमा सफल भए आगामी दिनमा अझै विस्तार गरिनेछ’, यादवले भने ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा २०७५ मा जारी श्वेतपत्रमा देशलाई विद्युत्मा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने ऊर्जाका अन्य स्रोतलाई विद्युतीय ऊर्जाले विस्थापित गरी व्यापार घाटा कम गर्न र सबैलाई दिगो, भरपर्दो, सर्वसुलभ स्वच्छ ऊर्जा उपलब्ध गराउने लक्ष्य छ ।बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम २०७५ माघदेखि सुरु भई २०८० असार मसान्तसम्म सञ्चालन हुने वैकल्पिक ऊर्जा प्रवर्द्धनका सहायक निर्देशक मुकेश घिमिरेले बताए ।

कार्यक्रमअन्तर्गत छनोटमा परेका १७ वटा पालिकामा ८ हजार ३ सय ५० थान अनुदानको विद्युतीय चुल्हो वितरण गरिने उनले बताए । कञ्चन गाउँपालिकामा ३ सय र तिलोत्तमा नगरपालिकामा ३ सय ५० वटा चुल्हो वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । विद्युतीय चुल्होले दाउरा अथवा अन्य इन्धन प्रयोग घटाउने हुँदा यसले दाउराकै लागि हुने वन फँडानी तथा यसबाट हुने रोगबाट बचाउने नेपाल नवीकरणीय ऊर्जा शाखा प्रमुख हरि अर्यालले बताए । रोहिणी गाउँपालिकाले कार्यक्रम आयोजना गरी विद्युतिय चुल्होको प्रयोग, यसका विशेषता र सुरक्षाका उपायबारे स्थानीयलाई जानकारी दिएको छ ।

अहिले प्रयोग भइरहेको ग्यास चुल्होको तुलनामा ४० प्रतिशत कम लागत लाग्ने र त्योभन्दा पनि कम समयमा खाना पाक्ने हुँदा यसको प्रयोग बढाउनुपर्ने कार्यक्रमका सहभागीले सुझाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]