२३ मंसिर २०८२, सोमबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, चैत्र ०६, २०७७

सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ ।

अाज विहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ ।नोज शहाले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.-५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छा सहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको डोरी काट्दा समेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयाे।

आगो बिहानै नियन्त्रणमा आएको र अहिले के-कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिएकाे प्रहरीले जनाएको छ ।यता सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।बिहीवार मात्र जिल्लाकाे तिलाठी कोइलाडी गाउँपालिका वडा न.–५ आगलागी हुदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

यता आगलागीमा चार वटा घर जलेर खरानी बनेको थियो भने एक जना गम्भीर घाइते समेत भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]