०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

प्रदेश–१ को राजधानी विराटनगरमा बिहीबारदेखि जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । फुटवेयर एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे ।

मेलामा बिएफ डियर हिल, शिखर सुज, कोशेली सुज, क्रसरोड सुज, रेम्बो सुज, रोयल सुज, फास्ट वाक सुज, रन सुज, स्मार्ट सुज, म्याजिक सुज र हाइलाइफ सुजले आ–आफ्ना स्टल राखेका छन् । ती १२ वटा उद्योगहरूले मेलामा ५ हजार बढी मोडेलका जुत्ताचप्पलहरू प्रदर्शन तथा बिक्रीमा राखेका छन् । २० बढी स्टल राखिएको मेलामा न्यूनतम १ सयदेखि १० हजार रूपैयाँसम्मको जुत्ताचप्पल प्रदर्शन तथा बिक्रीमा राखिएको आयोजक फुटवेयर एशोसिएसन अफ नेपालका सदस्य रुद्र न्यौपानेले बताए ।१ महिने मेला अवधिमा १० करोड बढीको व्यापार गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ ।

मेलामा विभिन्न कम्पनीका जुत्ता चप्पलहरूमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । यसवर्षको मेला आउँदा उपभोक्ताले विगतभन्दा फरक अनुभव गर्न पाउने विराट फुटवेयर एक्स्पो २०७७ का संयोजक होमनाथ उपाध्यायको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]