विराटनगर – प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सरकार निर्माण गर्न विपक्षी दलहरु अनिच्छुक देखिएको आरोप लागिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भने अबको साता दिन भित्रै अविश्वास प्रस्ताव पेश गरिने दावी गरेकाछन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री डा. कोइरालाले भने–प्रधानमन्त्री ओलीले निरंकुश चरित्र देखाएर संविधानको समेत धज्जी उडाएकाले अब उनको विकल्पमा अर्काे सरकार बनानै पर्ने भएको छ ।यसका लागि नेपाली कांग्रेसको अगुवाईमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलले अविश्सास प्रस्ताव दर्ता गर्ने छ– उनले भने प्रधानमन्त्री ओलीको कार्यशैली र व्याबहार लोकतन्त्रविरोधी देखिएको चर्चा गर्दै ओलीलाई विस्थापन गर्न नेपाली काँग्रेसले नै अग्रसरता लिने पनि प्रष्ट पारे ।
हेर्दै जानुहोला हप्ता दस दिनमा ओली विरुद्ध संसद्का अविश्वास प्रस्ताव द्र्ता हुनेछ अनि नयाँ सरकार बन्ने छ डा. कोइरालाले भने । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई सच्याउन सर्वाेच्च अदालतले सही निर्णय गरेको तर यही प्रतिनिधिसमाले अब चाहिं काम गर्न नसक्ने अवस्था बनाइएकाले अर्ली इलेक्सनमा जानुको विकल्प रहेन भन्दै उनले यसका लागि नेपाली कांग्रेस नेतृत्वमा बन्ने सरकारले आवश्यक पहल गर्ने विश्वास प्रकट गरे ।