१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्स्ताव कसैले पनि नल्याएको बताएका छन्।

बिहीबार बसेको शीर्ष नेताको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरु ओलीसँग संसद विघटनको विपक्षमा रहेका शक्तिहरु मिलेर अगाडि बढ्ने बताएका हुन्।उनले संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी भनेर भनिसकेका कारण उनीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका हुन्।

‘ओलीसँग सहकार्य गर्नुपर्छ भनेर कसैले ल्याउनुभएको छैन’, अध्यक्ष यादवले भने, ‘हामी प्रतिगमनकारी शक्तिविरुद्ध उभिन्छौं, उनीसँग लगनगाँठो कस्न सक्दैनौं।’ओलीसँगको सहकार्य गर्नु भनेको मधेस र मधेस आन्दोलनप्रति धोका दिनु र संघीयता र गणतन्त्र समाप्त पार्नु भएको उनको भनाइ थियो।

सत्ता समीकरणका लागि निर्णायक मानिएको राजपाको आज बस्ने भनिएको केन्द्रीय कार्यकारिणीको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]