१७ कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७
Sorry No Photo is selected hare

म्याग्दी – गुणस्तरहीन काम गरेको भन्दै अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयले बुधबार सडक भत्काइदिएका छन् ।

पोखरेबगर–दुरबिनडाँडा सडक खण्डमा निर्माण कम्पनी मोतीदान/जयमाता जेभीले सहमतिविपरीत ढुंगाको सोलिङ नगरी आरसीसी ढलान गरेको भन्दै स्थानीयले १५ मिटर सडक भत्काइदिएका हुन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा पोखरेबगरबाट चित्रेसम्म १८.५ किलोमिटर कच्ची सडक स्तरोन्नति भइरहेको छ । स्थानीय राजाराम बरुवालले आयोजनाका इन्जिनियरकै रोहवरमा सडक भत्काएको बताए । ‘पहिरो जोखिम क्षेत्रमा सडक ढलान गर्दा ४.५ मिटर चौडा ढुंगाको सोलिङ गरी, आरसीसी ढलान गर्ने सम्झौता भएको थियो,’ उनले भने, ‘सम्झौताविपरीत आयोजनाका प्राविधिक र ठेकेदारको मिलेमतोमा धूलो–माटोमाथि धमाधम ढलान गरेको देखेपछि सडक भत्काएका हौं ।’ रड, सिमेन्टको गुणस्तर र मात्रामा समेत अनियमितता गरेको हुन सक्ने उनको आरोप छ ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई बेनीका अनुसार सडक स्तरोन्नति गर्दा ठेकेदारले ढुंगा, माटो काट्ने, ग्याबिन वाल, मेसिनरी वाल र ह्युमपाइप लगाउने, आरसीसी गर्ने, सब–बेस/बेस र कालोपत्र गर्ने, स्टोन सोलिङ र आरसीसी गर्नुपर्ने हुन्छ । तर गुणस्तर कायम नभएको स्थानीयको गुनासोपछि ठेकेदार कम्पनीलाई त्रुटि सच्याएर काम गर्न निर्देशन दिइएको इकाईका सब–इन्जिनियर डबलबहादुर तामाङले बताए ।

‘ठेकेदारका इन्जिनियरले ढुंगाको सोलिङ गरेको बताए पनि स्थानीयले भत्काएको सडकको फोटो र भिडियोमा त्यस्तो देखिएन,’ उनले भने, ‘ठेकेदारको काम गर्ने तरिका र गति विवादास्पद छ । पटक–पटक म्याद थप्दा पनि समयमा काम सक्ने सम्भावना न्यून देखिएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]