नेपालगञ्ज – बाँके प्रहरीले कर्तव्य ज्यानका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ ।
खजुरा–६ का प्रेमबहादुर थापाको हत्या अभियोगमा सजाय तोकिएका सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीलाई अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा दुई महिनाको सजाय सुनाएको थियो । त्यसपछि उनी फरार थिए ।बाँके प्रहरीले छुट्टै टोली नै खटाएर फरार अभियुक्तलाई पक्राउ अभियान चलाएको छ । प्रहरीले चालु आर्थिक वर्षमा ५ सय ४६ जना फरार अभियुक्तलाई पक्राउ गरेको एसपी ओमबहादुर रानाले जानकारी दिए ।
एसपी रानाका अनुसार, सय जनाजति अदालतको शरणमै पुगेका छन् । केही व्यक्ति भारतमा लुकेर बसेका छन् । उनीहरुलाई नियन्त्रणमा लिनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ ।सीमावर्ती जिल्ला भएकाले बाँकेमा अपराध गर्ने र भारतमा गएर लुकेर बस्ने गरिन्छ । पछिल्लो दिनमा बाँके प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर बाँकेमा अपराध गरेर फरार रहेका व्यक्तिलाई नियन्त्रणमा लिन थालेको छ ।
भारतमा अपराध गरेर बाँकेमा आएर लुकेर बस्ने गरेको पनि पाइन्छ । सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतीय अभियुक्त र बहराइचमा नेपालका अभियुक्तको संख्या ठूलो रहेको छ ।