३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

विराटनगर – नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य श्रीप्रसाद जवेगु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारी विहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताएका छन् ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री जवेगु एकता अघि माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य थिए । तर एकतापछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।‘पार्टी एकतापछि पर्खेर बसियो, तर कुनै जिम्मेवारी दिइएन,’ उनले भने, ‘जिम्मेवारी विहीन भएर बसिरहन मनले मानेन ।’जवेगु दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जनयुद्धकालदेखि नै माओवादीमा रहेका उनी २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री बनेका थिए । त्यसयता भने उनलाई जिम्मेवारी विहीन बनाइएको थियो ।

संघर्षले बनाएको पार्टीभित्र उपेक्षामा परेपछि एमालेमा लागेको उनले बताए । एमालेमा प्रवेश गरेका उनलाई केन्द्रीय सदस्य बनाउने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]