२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा रहेका साइबर स्यालहरु अझै ज्युँदै रहेको बताएका छन् । बुधवार राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले साइबर स्यालहरुले फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप लगाएका हुन् ।

‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,’साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन् ।’नेता नेपाल कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए । उनले आफूहरूको लडाइँ पदका लागि नभएको पनि दाबी गरेका छन्। अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए ।

उनले भने, ‘तपाइँहरु पनि पिडित हामी अनि पिडत, आज पिडित पिडित एक ठाउमा भेला भएका छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]