काठमाडौंको मूलपानीमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार भक्तपुर सडकखण्डअन्तर्गत कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा बा ५ ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो।ठक्करबाट काठमाडौं महानगरपालिका–६ घर भई चाँगुनारायण बस्ने गरेका २७ वर्षीय सुरज कुइँकेलको मृत्यु भएको हो। नेपाल मेडिकल कलेज (जोरपाटी) मा मा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालकलाई महानगरीय प्रहरी वृत्त (बौद्ध) ले नियन्त्रणमा लिएको छ।