१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

काठमाडौ – काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

फरार रहेका सन्तोष सापकोटालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले मङ्गलवार पक्राउ गरिएको हो। सोमबार साँझ प्रहरीले सुकुम्वासी बस्तीस्थित घर नम्बर ३ बाट ३२ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला पारेको थियो।सोमबार नारायण सापकोटाको घर पछाडि रहेको कोठामा बोरामा प्याक गरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। बोराभित्र प्लास्टिकको डोरीले बाँधेर डल्लो बनाएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै टाउकामा गहिरो चोट तथा घाटीमा कोतारेको जस्तो डाम समेत थियो। प्रहरीले घटनास्थल नजिकैबाट रगत लागेको हम्मर समेत फेला पारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हम्मरले टाउकामा हानेर हत्या गरेको देखाएको छ।

‘अभियुक्तले हत्या गरेको स्वकार गरिसकेको छ। डिभर्सको विषयमा झगडा हुँदा आवेगमा हत्या गरेको बताएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।श्रीमानसँग राम्रो सम्बन्ध नभएको कारण केही समयदेखि उनी जोरपाटी माइतमा बस्दै आएकी थिइन्। घटनाको बिहान करिब साढे ७ बजे उनी जोरपाटीबाट बल्खु हिँडेको प्रहरीको अनुसन्धानमा खुलेको छ। श्रीमान् फरार भएपछि प्रहरीले खोजी गरेको थियो।

सन्तोषले कानको सुनको मुन्द्रा, हातको बाला र नगद २३ हजार रुपैयाँ लिएर फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]