
जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) को अवसरमा सार्वजनिक विदाकाे घोषणा गरेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज (बुधबार) परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौं दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
हजारौं नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बताउनुभयाे ।