नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीले तेस्रो पटक विश्वकै सबैभन्दा प्रदूषित राजधानीको उपाधि पाएको छ ।
स्वीट्जरल्याण्डको संस्था आईक्यूएयरको रेटिङमा दिल्ली विश्वकै ५० राजधानीहरुमध्ये सबैभन्दा बढी प्रदूषित शहर हो ।दिल्लीमा पिएम २ दशमलव ५ को स्तर निकै बढी छ, जसले फोक्सो सम्बन्धि रोगहरुलाई जन्माउँछ ।आईक्यूएयरका अनुसार अत्यधिक प्रयासहरु तथा लकडाउनपछि पनि पछिल्लो वर्ष दिल्लीको प्रदूषणको स्तर कम भएन ।आईक्यूएयरको सन् २०२० वल्र्ड एयर क्वालिटी रिपोर्टमा १ सय ६ देशहरुको प्रदूषण स्तरको तथ्यांक परीक्षण गरियो ।त्यसमा विश्वका ५० सबैभन्दा बढी प्रदूषित शहरहरुमध्ये ३५ वटा शहर भारतकै छन् ।
त्यसमा पनि दिल्ली सबैभन्दा बढी प्रदूषित शहर तथा विश्वकै सबैभन्दा बढी प्रदूषित राजधानी हो ।आईक्यूएयरले प्रदूषणको यो स्तर भारतमा पिएम २ दशमलव ५ पार्टिकल्सको वार्षिक औषतको आधारमा निकालिएको हो यी त्यस्ता कणहरु हुन्, जुन २ दशमलव ५ माइक्रोन ब्यासका हुन्छन् ।यीनको सम्पर्कमा धेरै समयसम्म रहनाले थुप्रै घातक रोगहरु लाग्न सक्छ ।
साथै यसले क्यान्सर तथा मुटु सम्बन्धि रोगहरुलाई समेत जन्माउँछ ।सन् २०२० मा नयाँ दिल्लीमा पिएम २ दशमलव ५ को वार्षिक औषत ८४ दशमलव १ प्रति क्यूबिक मीटर थियो ।यो चीनको राजधानी बेइजिङको तुलनामा दुई गुणा बढी स्तरमा थियो ।बेइजिङमा पिएम २ दशमलव ५ को वार्षिक औषत ३७ दशमलव ५ प्रति क्यूबिक मीटर मापन गरिएको थियो ।
बेइजिङ विश्वको १४ औं सबैभन्दा बढी प्रदूषित शहर हो ।ग्रीनपीस साउथइस्ट एशिया एनालिसिस तथा आईक्यू एयरको अध्ययन अनुसार वायु प्रदूषणको कारणले नयाँ दिल्लीमा सन् २०२० मा ५४ हजार मानिसहरुको असामयिक निधन अर्थात समयभन्दा अघि नै मृत्यु भएको छ ।दिल्लीमा यति धेरै निधन त्यो बेला भयो, जब भारतभरीमा पिएम २ दशमलव ५ वार्षिक औषत ११ प्रतिशत गिरावट आयो ।
यो गिरावट कोरोना भाइरस महामारीका कारणले लगाइएको लकडाउनका कारणले भएको थियो ।उक्त सूचीका अनुसार विश्वको सबैभन्दा प्रदूषित देश बंगलादेश हो ।त्यसपछि पाकिस्तान तथा तेस्रो स्थानमा भारत छ ।
रिपोर्टका अनुसार भारतमा वायु प्रदूषण घातकस्तरमा छ ।लकडाउनपछि पनि सामान्य वर्षको तुलनामा सन् २०२० मा दक्षिण एशियामा विश्वको सबैभन्दा खराब वायु गुणवत्ता स्तर मापन गरियो ।यो क्रम गत वर्ष धेरै पटक दोहोरियो, किनभने बीच–बीचमा जुन देशहरुमा लकडाउनमा थोरै राहत दिइएको थियो, त्यहाँ प्रदूषण स्तर बढेको पाइयो ।
पछिल्ला वर्ष दिल्लीका दुई करोड मानिसहरुले गर्मीका महिनाहरुमा सबैभन्दा सफा हावाको आनन्द लिएका थिए ।त्यसको पछाडिको कारण थियो लकडाउन ।यद्यपि, जाडो मौसममा दिल्लीको नजिकका राज्यहरु पञ्जाब तथा हरियाणामा बालिएको परालका कारणले हावा नै विषालु भएको थियो ।
पछिल्लो वर्ष नोभेम्बरमा जब पराल बालियो, त्यो बेला दिल्लीमा पिएम २ दशमलव ५ को औसतस्तर १ सय ४४ माइक्राग्रामप्रति क्यूबीक मीटर मापन गरिएको थियो ।जबकि, डिसेम्बरमा त्यो १ सय ५७ माइक्रोग्रामप्रति क्यूबिक मिटर मापन गरिएको थियो ।विश्व स्वास्थ्य संगगठनका अनुसार यो अन्तर्राष्ट्रिय मानकको तुलनामा १४ प्रतिशत बढी थियो ।
एउटा रिपोर्ट अनुसार भारतमा हरेक वर्ष १२ लाख मानिसहरुको निधन वायु प्रदुषणका कारणले हुन्छ ।यसका कारणले भारतको जीडीपीमा तीन प्रतिशत नोक्सान हुन्छ ।
भारतको केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले यसका पछाडि पराल बालिएको धुवाँ, गाडीबाट निस्कने धुवाँ, फोसिल फ्यूल तथा कलकारखानाबाट निस्कने प्रदूषणलाई जिम्मेवार मानेको थियो ।