०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

काठमाडौं – कोरोना महामारीका कारण सरकारले एक वर्षअधि बनद गरेको नेपाल–भारतको सीमा बन्द अझै खुला सकेका छैन् । औपचारिकरुपमा बन्द रहेपनि अनौपचारिकरुपमा ओहोर दोहोर भइरहेको छ ।

दुवै देशको नागरिक मुख्यबाटो प्रयोग नगरेपनि सीमानाकाको छेउबाट विना रोकटोक आवत जावत गर्दै आएका छन् । मुख्यसीमा बन्द रहदा सवारीसाधन ओहोरदोहोर गर्न अहिले पनि बन्देज नै रहेको छ । बन्देजका कारण बिहेबारीको मौसम पनि प्रभावित बनेको छ ।दुई देशका नागरिक बीच भएको विवाहमा आगतजावत गर्न बढी भाडा तिर्नुपर्ने बाध्यता छ । नेपाल र भारतका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तीहरुको सदियौ देखिको सम्वन्धमा तिक्तता पनि देखिन थालेको छ । क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झाका अनुसार नेपाल सरकारले नेपाल–भारत विचको सम्बन्ध बिगार्न र सीमावर्ती क्षेत्रका जनतालाई परेसान गर्नका लागि षडयन्त्रपुर्ण तरिकाले सीमा बन्द गरेको आरोप लगाए ।

उनले नेपाल–भारतबीच रहेको खुला सीमामा तारजाली लगाउन अभिप्रायले सीमा खोल्न नचाहेको उनको आरोप छ । जनता समाजवादी पार्टी नेपालकी नेतृ रम्भाकुमारी झाका अनुसार कोरोनाका कारण लामो समय देखिको सीमा वन्दका कारण दैनिक उपभोग्यका सामानहरु महगो हुन थालेको छ । कालोबजारी पनि बढ्दै गएको बताउदै सरकारले सीमावर्ती क्षेत्रका जनतालाई समस्या भइरहेको थाहा पाएपनि सीमा बन्द राखेको गुनासो गरेकी छन् ।यता संघीय सरकारमा गृहमन्त्री रामबहादुर थापा (बादल) भने कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार बताएका छन् ।दु

ई देश विचमा हवाईयात्रा सुरु भइसकेको छ ,पैदलयात्रीलाई रोकटोक छैन्,वोर्डर खोल्नुपर्ने भन्दै संघीय सरकारलाई सल्लाह दिएको तर कुनै ठोस निर्णय नआएको बताउदै उनले भने, बेटिरोटीको सम्बन्धमा समस्या उत्पन्न भएको अवस्था छ अब धेरै ढिलो भयो अब चाहि तुरुन्त खोल्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]