
काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीबाट नगद २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ।
विभिन्न बैंकबाट निकाली ल्याएको उक्त नगद सोमबार बेलुकी चोरी भएको प्रहरीले जनाएको छ।
डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा भएको थियो।