१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका छन्।

नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।
एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने गौतमको प्रस्ताव छ’एमालेको सदस्य संख्याको आधारमा सरकार पुननिर्माण गर्न नसकिने भएकाले माओवादी केन्द्रसँग मिलेर वामपन्थी सरकार संयुक्त सरकार निर्माण गर्न सम्भव छ,’ गौतमको प्रस्तावमा भनिएको छ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको बैधानिकता अन्त्य हुने गरी पार्टीको नाम सम्बन्धि मुद्दामा फैसला दिएपछि नेकपा एमाले र माओवादी केन्द्र विधिवत रुपमा पुरानै अवस्थामा पुगेका छन्। त्यसअघि नेपाल कम्युनिस्ट पार्टी भित्र प्रष्ट रुपमा दुई धार देखिएपछि गौतमले मध्यमार्गी धार समातेका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल सहितको समूह सडक आन्दोलनमा उत्रिएको थियो। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको थियो। त्यतिखेर नै सर्वोच्च अदालतले गरेको अर्को आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुरानै अवस्थामा पुगेका हुन्।

त्यसयता नेकपा एमालेभित्र ओली र माधवकुमार नेपाल समूह प्रष्ट रुपमा एक अर्काविरुद्ध सक्रिय हुँदै आएको छ। वामदेव गौतम भने यस्तो अवस्थामा पनि अलग भइसकेको प्रचण्डलाई ओलीसँग जोड्ने ‘ग्लु’को खोजीमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]