
चितवन – चितवन राष्ट्रिय निकुुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एक एक बाघ र हात्ती मरेका छन् ।
निकुुञ्ज क्षेत्रमा १५ चित्तल, दुुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुुको आक्रमणबाट मृत्युु भएको सेनाले जनाएको छ ।सो अवधिमा पर्सा राष्ट्रिय निकुुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।बर्दिया राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक लङ्गुुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुुञ्ज क्षेत्रमा पाँच चित्तल, दुुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुुवा र चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुुकुुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ ।
मकालु वरुण राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुुई हरिण पनि फागुनमा मरेका थिए ।