०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

वीरगञ्ज–३१ बेल्वामा इँटा भट्टामा जलेर दुई जना घाइते भएका छन्।

केबी इँटा उद्योगको भट्टामा जलेर ५० वर्षीय कलिम मियाँ र भारतीय कामदार कलेशकुमार घाइते भएको पर्सा प्रहरीले जनाएको छ। घाइतेमध्ये कलिमको अवस्था गम्भीर छ। इँटा पोल्ने चिम्नी भट्टीमा खसेर उनीहरु घाइते भएका हुन्। गण्डकस्थित नारायणी वयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ। मियाँको अवस्था गम्भीर भएकोले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए।कलामको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायणी वयोधा अस्पताललाई उदृत गर्दै डिएसपी खनालले बताए।

उद्योगका लेखापाल मजरे आलमका अनुसार उद्योगको निरीक्षणमा गएको समयमा कामदार भट्टीमा खस्न लागेको देखेपछि मियाँ जोगाउन गएका थिए।तर, उनी स्वयं चिप्लेर भट्टीमा खसेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]