म्यानमारमा सोमवार थप २० जना प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले चलाएको टियरगस, रबर बुलेटहरू र गोली लागेर हिजो (सोमवार) थप २० जना प्रदर्शनकारीको मृत्यु भएको एसीस्टेन्स् एसोसीएसन फर पोलीटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।
म्यानमारमा आइतवारको हिंसात्मक घटनामा ५० जना प्रदर्शनकारीको मृत्युपछि सेनाले त्यहाँका धेरै जिल्लामा मार्शल कानून लागू गरेको छ । मार्शल कानून लागू गरिएका ठाँउमा प्रदर्शनकारीहरुका विरूद्ध सैन्य अदालतमा मुद्दा दर्ता हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।म्यानमारमा सैन्य ‘कू’ लागू भएयता गत फेब्रुअरीपछि आइतवार एकै दिन सबै भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रायको मृत्यु यांगुन शहरमा भएको छ । म्यानमारमा हालसम्म १ सय ८० प्रदर्शनकारीको मृत्यु भएको छ । हिजो सोमवारसम्म म्यानमारमा मृत्युहुनेको संख्या १८० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।चीनको विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा भएको आक्रमणपछि सोमवार यांगुन र अन्य धेरै क्षेत्रमा मार्शल कानून लागू गरिएको हो । प्रदर्शनकारीहरूले चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्र संघले मार्शल कानून लागू गरेर सैनिक सरकारले आम नागरिकमाथि जबरजस्ती कारबाही गरिरहेको र त्यस्तो काम बन्द गर्न आह्वान गरेको छ ।