सिमकोट – कर्णाली करिडोर निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ हुम्ला पुगेको छ।
मंगलबार बिहान सुर्खेतबाट नेपाली सेनाको जहाजले उक्त विष्फोटक पदार्थ हुम्ला ढुवानी गरेको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख सुन्दुसदाल लामाले बताए।आयोजनाका चार वटा योजनाको निर्माण कार्य विष्फोटक पदार्थको अभावले बन्द भएको थियो।अब नियमित रुपमा काम सञ्चालन गर्न सहज हुने उनले बताए।
३० हजार केजी जिलेटिन सेनाको जहाजले दुई फ्लाईट गरेर सिमकोट ओसारेको हो।