
काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।
संसद पुनर्स्थापित भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यस अघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो ।आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि तय गर्नका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय गर्न सकेको थिएन ।