०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

अमेरिकामा एक महिनाभित्र दोस्रो पटक हिम आँधी आएको छ । यसले पछिल्लो १४० वर्षको रेकर्ड तोडिदिएको छ ।

कोलोराडो, व्योमिङ्ग र नेब्रास्कासमेत ६ राज्यमा ४८ घण्टामा पाँच फिटसम्म हिउँ परेको छ । यसका कारण ८० भन्दा बढी हाइवे बन्द भएका छन् । दुई दिनमा २४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको छ । साथै करिब ३५ लाख मानिसहरु प्रभावित भएका छन् । मौसम विभागका अनुसार साधारणतया अमेरिकामा मार्चमा नै हिउँ पर्छ । यतिबेला यहाँको तापक्रम १० देखि १५ डिग्रीको बीचमा हुन्छ । तर साइबेरियातर्फ चलेको चिसो हावामा कारण हिउँ परेको हो । तापक्रम माइनस ११ डिग्रीसम्म पुग्यो । यसअघि सन् १८८१ मा २४ इन्च हिउँ परेको थियो ।

बिजुली–पानीको संकट बन्यो हिम आँधी :
अघिल्लो महिना आर्कटिक ब्लास्टका कारण अमेरिकामा १२२ वर्षको सबैभन्दा व्यापक हिम आँधी आएको थियो । यसैकारण टेक्साससमेत १२ राज्यमा भारी हिउँ परेको थियो । आँधीका कारण २१ जनाको मृत्यु भएको थियो जबकी थुप्रै घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]