
काठमाडौं – मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार र बिहीबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
प्रि-मनसुनको समयमा पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख सामान्य बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।