१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार बैठक दिउँसो ४ बजे शीतलनिवासमा बस्नेछ। बैठकमा पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने मुख्य दल तथा साना दलहरुलाई बोलाइएको छ।आजको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।राष्ट्रपति भण्डारीको यो पहललाई सबै दलहरुबीच समझदारी गराउने प्रयासको रुपमा हेरिएको छ । पछिल्लो समय राजनीतिक दलहरुबीचमा असमझादरी र तिक्तता बढ्दै जाँदा देश बेमेलतिर मात्र हैन गम्भीर संकटतिर धकेलिने सम्भावनाहरु बढ्दै गएका छन् ।

संसद पुनर्स्थापनापछि सर्वोच्च अलदालतले नेकपा एमाले र नेकपा माओवदी ब्युँतिनेगरी आदेश जारी गरेपछि राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको थियो । त्यसपछि सरकार ढाल्ने र नयाँ सरकार बनाउने विषयमा दलहरु आ(आफ्नो समिकरण बनाउन लागिपरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]