
हेटौंडा – हेटौंडाको राप्ती खोला किनारमा एक युवकको शव फेला परेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने राप्ती खोला पुल मुनि खोलाको किनारमा आइतबार दिउँसो करिब ३ बजेको समयमा शव फेला परेको हो ।
शव हेटौंंडा उपमहानगरपालिका वडा नम्बर–११ को थानाभ¥याङका २५ वर्षीय अर्जुन बुढाथोकीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार शवको अवस्था र घटनाको प्रकृति हेर्दा युवक राप्ती पुलबाट खसेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि शवमा कुनै चोटपटक नरहेकाले पोस्टमार्टमबाट मात्र थप कुराहरु पत्ता लाग्ने उनले बताए ।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।