१७ कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

सप्तरी : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सदस्यता शुद्धिकरण अभियान अन्तर्गत ५० प्रतिशत शुद्धिकरण भइसकेको बताएका छन् ।

सप्तरीको राजविराज स्थित नेपाल पत्रकार महासङघकाे सभाहलमा आज आयोजना गरिएको ‘सुरक्षित र व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा बोल्दै उहाँले सो कुरा बताएका हुन् ।अन्तरसम्वादमा सहभागीता सञ्चारकर्मीहरुबाट उठेको प्रश्नको जवाफ दिँदै उहाँले ‘हाम्रा सदस्य भएपछि नेपाल प्रहरी, नेपाली सेना र निजामति कर्मचारीमा जागिर खाइरहेकाहरुको सदस्यता नवीकरण भएको छैन्, जनप्रतिनिधि तथा निश्कृय भइसकेकाको पनि सदस्यता शुद्धिकरण भएको छ ।’उहााले अभियान अन्तर्गत ५० प्रतिशत जति शुद्धिकरणको काम भइसकेको र बाँकी ५० प्रतिशतको शुद्धिकरण गर्न बाकी रहेको बताउनु भयो ।

‘ विधानमा शुद्धिकरण गर्ने काम जिल्ला शाखाकै अधिकार हो’ महासंघ शाखा सप्तरीको समन्वयमा महासंघ मधेशी समितिले आयोजना गरेको अन्तरसम्वादमा उहाँले –‘जिल्लाबाट शुद्धिकरण भएर आएको खण्डमा आफुहरुलाई पनि सहज हुने विश्वास ब्यक्त गर्नु भयो ।’शुद्धिकरणले नै श्रमजिवी पत्रकारहरुको साझा, व्यवसायीक र मर्यादित संस्थाको रुपमा महासंघ स्थापित हुने उहाँको भनाई थियो ।

शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित अन्तरसम्वादमा केन्द्रीय कोषाध्यक्ष राजेश कुमार मिश्र, प्रदेश आम सञ्चार प्राधिकरण, प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराई, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, शाखा सिरहाका अध्यक्षा दिनेश्वर गुप्ता, झापाका अध्यक्ष तारा मणि सापकोटा,पुर्व अध्यक्षहरु बैधनाथ झा,मुरली यादव,प्रकाश खतिवडा लगायतले आ–आफनो मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]