०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

काठमाडौं – सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

विस्फोटमा मालपोत कार्यालयका दुई जना कर्मचारी र ६ जना सेवाग्राही घाइते भएका छन् ।घटनामा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याएको छ ।पिँडुला, पिठ्यूँसहित शरीरका विभिन्न भागमा चोट लागेका भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।धनगढी नगरपालिका १३ का भण्डारी काम विशेषले मालपोतमा गएको बेला घाइते भएका हुन् ।

अन्य घाइतेहरुको भने सिरहाकै अस्पतालमा उपचार भइरहेको छ ।घाइतेहरुमा मालपोत कार्यालयका नायबसुब्बा ३८ वर्षीय शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव र ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाछे मगर छन् ।दिउँसो पौने २ बजे कार्यालयको मोठ शाखामा विष्फोट गराइएको हो ।विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले तराइका जिल्लाहरुमा भ्रष्टाचार बढी हुने कार्यालयमा कारबाही गरेको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]