३० कार्तिक २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७
Sorry No Photo is selected hare

काठमाडौ – नेपाल अटोमोवाईल डिर्लस एशोसिएसन (नाडा) ले ताप्लेजुङका आगलागी पीडितलाई सहयोग गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको छ सदस्यीय प्रतिनिधिले आज आईतबार भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गसंग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागि जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप दुई लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरु संग रकम संकलन गरि दुई लाख एक हजार रुपैयाँको चेक जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा मन्त्री नेम्वाङलाई हस्तान्तरण गरेका हुन ।

सोही क्रममा भौतिक, पूर्वाधार तथा यातातात मन्त्री नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिएका थिए । साथै मन्त्री नेम्वाङले नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपेर प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराए ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]