२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

काठमाडौं – पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत उक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् ।

महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, ०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् ।तीन महिनाको अवधिमा दुई सय एक प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ, २९ हवल्दार एक सय ७ जवान र तीन कार्यालय सहयोगी छन् ।महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेको तीन महिनाको अवसरमा एआइजी हरिबहादुर पालले त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । तीन महिनाको अवधिमा आठ सय ४१ वटा राजनीतिक कार्यक्रम भएको र त्यसमा सफल रुपमा व्यवस्थापन गरिएको उनको भनाई छ ।

तीन महिनामा ६ सय ५१ जना फरार अपराधी पक्राउ परेको र ७ करोड ३० लाख जरिवाना असुल भएको छ । अवैध क्यासिनो चलाउने, हुन्डी कारोबार गर्ने तथा कीर्ते गरी जग्गा बेच्ने गिरोह पक्राउ उपलब्धी भएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]