०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

शनिबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सत्ताबाट हटाउन चेतावनी दिँदै ओलीले कसैले हटाउन सके हटाएर देखाउन चुनौती दिएका हुन् । ‘कसैले हटाउन सक्छ भने हटाए हुन्छ । त्यसको सामना गछौँ’, ओलील भने, ‘अहिले हटाए २० महिनापछि पार्टी दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्छ ।’ ओलीले आफूबाहेक जनताको काम गर्ने देशमा कोही नभएको दाबीसमेत गरेका छन् । सँगै ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठक राखेको भन्दै उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालतर्फ लक्षित गर्दै बैठकमा उपस्थित हुन आह्वान गरेका हुन् ।

‘प्रशस्त समय होस् भनेर चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छु’, ओलीले भने, ‘यत्ति विघ्न टेलिभिजनले खिच्या छन् । सुनिन भन्न पाइने छैन ।’ ओलीले बैठकमा उपस्थित नभए विधानको व्यवस्थाअनुसार हुने चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]