१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् ।

प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् ।सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको उनले जिकिर गरे ।उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृत्तिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए ।आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए ।

त्यस्तै, प्रचण्डले जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]