१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुसँग लड्ने बेला आएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको बताउदै अहिले सबैभन्दा महत्वपूर्ण कुरा प्रजातन्त्र भएको बताए । उनले अहिले कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुपर्ने बताउदै उनले काँग्रेस बाहेकका पार्टी प्रजातन्त्रवादी नभएको दाबि गरे ।

सभापति देउवाले काँग्रेसले सत्ताका लागि लोभ र हतार गर्नुनहुने भन्दै परिस्थिति आएमा जिम्मेवारीबाट नभाग्ने बताए ।उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

कार्यक्रममा देउवाले पार्टीमा महिलाको सहभागिता बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले महिलाहरुलाई पार्टीमा आकर्षित नगरेसम्म पार्टीले जित्न नसक्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]