१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक १६, २०७७

सप्तरी – दसैंको टिकाको दिन नेपाल टेलिकमबाट २६ लाख ७० हजार भन्दाबढी मोबाइल म्यासेज आदान-प्रदान भएको छ ।

सामाजिक सञ्जाल र म्यासेजिङ एपको बढ्दो प्रयोगले मोबाइलबाट म्यासेज पठाउने तथा कल गर्नेको संख्या घटिरहेको अहिलेको अवस्थामा पनि यो संख्यामा म्यासेज अदान-प्रदान भएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार दसैंकाे टिकको दिनमात्रै २६ लाख ७० हजार म्यासेज आदान प्रदान भएको छ, जुन अघिल्लो सालको तुलनामा अझ बढी हो । २०७६ सालको दशैंको टिकाको दिन कुल २४ लाख ९० हजार मोबाइल म्यासेज आदान प्रदान भएको थियो ।

‘टिकाकै दिन आदान-प्रदान गरिएको म्यासेज भएकाले त्यसको धेरैजसो शुभकामनाकै लागि गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ जोशी भन्छन, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगका बीचमा पनि मोबाइल म्यासेजबाट अदान प्रदान गरिने शुभकामना प्रति अझै विश्वास रहेको देखिएको छ ।’

पछिल्लो समय फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, विच्याट जस्ता ओभर दि टप (ओटीटी) सेवाको प्रयोग बढिरहेको छ । यसैमार्फत साथिभाइ तथा आफन्तलाई शुभकामना सन्देश पठाउने गरेका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]