
काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले हिम्मतका साथ अगाडि बढनुपर्ने समय आएको बताएका छन् ।
अहिलेको अवस्थामा केही पार्टी नेता तथा कार्यकर्तामा निरासा छाउनसक्ने भन्दै उनले हिम्मतका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । “हाम्राबीचमा धेरै विवाद भए, अनेक अवस्था आए । हामी कहिले विचलित भएनौं । अहिलेको चुनौतीबाट आत्तिएका छैनौं र आत्तिनु पनि हुन्न,” आफू पक्षधर केन्द्रीय कमिटीको बैठकमा उनले भने, “अहिले अवस्था देखेर साथीहरूमा निरासा होला । केही होला की भन्ने डर पनि होला । तर, हिम्मतका साथ अगाडि बढनुपर्छ । जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा पर्याप्त चिन्तन मनन गरेर अगाडि बढनुपर्ने उनले बताए । कम्युनिस्ट पार्टीलाई बलियो बनाउने कोणबाट अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, “गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला आएको छ । हामी विचलित भएर हिड्ने होइन ।”
दुई ठूला पार्टीबीच एकता भएर अगाडि बढेको स्मरण गर्दै उनले अहिलेको अवस्थालाई कसरी सामना गर्ने त्यो नै अहिलेको मुख्य विषय भएको बताए ।