१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

नेपाली यातायात व्यवसायीहरुले भारतको विभिन्न सहरमा सेवा सुविधा दिँदै आएका छन् ।

भारतीय यातायात व्यवसायीबाट लुटिने, पिटिने गुनासो आएपछि नेपालको धेरै यातायात व्यवसायीले धनगढीबाट भारतको विभिन्न सहरमा सेवा दिइरहेका छन् । तर, भारतमा मजदुरी गर्दै आएका नागरिकहरु भने तिनै नेपालीबाट नै ठगिने गरेको गुनासो उनीहरुको छ ।नेपाली भएर पनि उजीहरुले विभिन्न बहानामा यातायात व्यवसायीहरुले दुःख दिने गरेको अछाम बान्नीगढी जयगढ गाउँपालिका–६ बस्ने पदम थापाले बताए । ‘पछिल्लो समयमा धनगढीबाट धेरै यातायात भारतको विभिन्न सहरमा पुग्छन्’,उनले भने, ‘उनीहरुको नियत पनि ठीक छैन् ।

यही फागुन २३ गते भारतको पुनाबाट छुटेको बसमा मध्यप्रदेश र राजस्थान बोर्डरमा चोरी भएको थापाले बताए । पुनाबाट छुटेको ४९५० नम्बरको बागेश्वरी टुर्स ट्राभल्सको बसमा ५ लाख बराबरको सामग्री गाडी चालककै संलग्नतामा लुटिएको उनले आरोप लगाए । उक्त बसमा थापा लगायत ६ जनाको धनमाल चोरी भएको हो । हिक्मत थापा, महेन्द्र विष्ट लगायत ६ जनाको धनमाल चोरी भएको हो ।‘दिनेश खत्री र विष्णु जोशीले हाम्रो डिलक्स बसमा सुरक्षित साथ धनगढी पुर्याउछौँ भन्दै आफू सञ्चालक भएको गाडी नम्बर ४९५० मा पुनाबाट यात्रा शुरु भएको हो’ बसमा सामान लुटिएका अर्का व्यक्ति हिक्मत थापाले भने । भारतको पुनाकाट गौरीफण्टासम्मको भाडा १ हजार ६०० रुपैयाँ भारु भएपनि २ हजार ३०० रुपैयाँ लिएको उनले बताए ।

धनमाल चोरी भएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीलाई समेत जानकारी दिएको नागरिक तथा शान्ति समाज नेपाल संस्थामा कार्यरत मदन साउदले बताए । उनले नेपाली यातायात व्यवसायीबाट पटक–पटक ठगिने गरेको बताए । ‘भारतको विभिन्न सहरबाट आउने क्रममा नेपालीहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, आर्थिक मानसिक र भौतिक पीडा समेत दिने गरेका छन् । साउदले भने, ‘नेपाली यातायात व्यवसायीबाट यात्रुहरु रुष्ट छन् । यसमा सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]