२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

बागलुङ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियता र लोकतन्त्रमाथिको विकृति अन्त्य गर्न कांग्रेस नेतृत्व आवश्यक भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले शनिबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थपिदिएको टिप्पणी गरे । ‘अदालतको फैसला पनि अर्को विकृति हो,’ पौडेलले भने, ‘नैतिकता गुम्दा पनि राजीनामा नदिने केपीको काम अर्को विकृति हो ।’सबै विकृति अन्त्य गर्ने र लोकतन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्वमा जानुपर्ने आवश्यकता आएको पौडेलको भनाइ छ । ‘केपी ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थपिदियो,’ पौडेलले भने, ‘माग्दै नमागेको विषयमा हात हालेर देशको राजनीतिक विषयमा थप जटिलता थपिएको छ ।’

देश डुब्न लाग्दा कम्युनिस्टले केही गरेनन् भनेर बस्नुभन्दा पनि कांग्रेसले नेतृत्व लिनु पर्ने पौडेलले बताए । ‘लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको थिएँ, हिजोको बैठकमा जसरी पनि ओली हटाउनुपर्छ भनेर म्यान्डेट दिएका छौँ,’ पौडेलले भने, ‘विकृतिविरुद्ध कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’देशभित्रका प्रतिक्रान्तिकारी र अन्तर्राष्ट्रिय षड्यन्त्रबाट ओलीलाई टिकाउने खेल भएपछि ओलीमुक्त सरकार चाहिएको उनको टिप्पणी थियो । ‘केपी ओली जतिदिन शासनमा बस्छन् त्यति देश बर्बादीमा जाँदैछ,’ पौडेलले भने, ‘राष्ट्रको भविष्य खतरामा परेकोले माओवादी र जसपा मिलेर ओली हटाउन काम सुरु भयो ।’

सकेसम्म कांग्रेसको नेतृत्व, नभए माओवादी वा जसपाकै नेतृत्व ल्याएर पनि ओली हटाउनुपर्ने पौडेलको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]