सपतरी – सपतरीको कञ्चनरुप नगरपालिका वडा नं. १ बैरवामा आगलगि हुदा ७ लाख बरावरको धन सम्पतीको क्षती भएका छन् ।
जिल्लाकाे कञ्चनरुप नगरपालिका २ बैरवमा अाज खाना पकाएको चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षती भएको छ ।आगलागीमा १ लाख नगद रुपैया, चामल, धान, गैहु,दाल , १ ओटा जस्तापाता छाना भएको घर,लुगाकपडा, भाँडाकुडा र खाट लगायत गरी ७ लाख रकम बरावरको धन सम्पतीको क्षती भएको पिडीत दुःखनी देवी बैधले बताईन । स्थानीय अर्जुन पजियारका अनुसार आगलगि हुदा घरमा पिडीतको कोईनभएर खद्यान , लुगा कपडा लगायत सम्पुर्ण समान जलेर नष्ट भएको बताउनु भयो ।
यता स्थानीयरबासी, प्रहरी र नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिएकोे कारण थप क्षती हुनबाट बस्ती जोगेको प्रहरीले जनाएको छ ।