०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २८, २०७७

बुटवल – रुपन्देहीको गैडहवामा पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक जनाको हत्या गरिएको खुलेको छ ।

गैडहवा गाउँपालिका-६ स्थित गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या भएको पुष्टि रुपन्देही प्रहरीले गरेको छ । हत्या गरेर फालेको अवस्थामा १७ मंसिरमा सोहि स्थानको पर्सा-कलौनी सडक खण्डको पूर्व किनारमा शव फेला परेको थियो ।ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले उक्त घटनाको अनुसन्धान गर्दा सोही स्थानका ३१ वर्षीय रामवरण लोधले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ‘घटनास्थलबाट उठाइएका सबुद प्रमाण, प्राविधिक पक्षको विश्‍लेषण र बुझिएका स्थानीय मानिसहरू समेतको भनाइको आधारमा मृतकको हत्या रामवरण यादवबाट हुन आएको खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेलको भनाई छ ।

दिनेश लोधको आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको रामवरण लोधले प्रहरीसँगको बयानमा बताएका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले घटनाको अनुसन्धान गरेको थियो । घटनामा प्रदेश प्रहरी कार्यालयको सहयोगमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिएको थियो ।’रामवरण लोधले अभियोग स्वीकार गरिसकेका छन्, अब सोही अनुसारको कानुनी प्रकृयामा अगाडि बढाउँछौँ’ ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक रविन्द्र महतले भने ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रामवरण लोधलाई प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका-७ शिवगढियाबाट पक्राउ गरेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]