०४ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २८, २०७७

सप्तरी – देशभर सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । गएराति भएको दुर्घटनामा झापा, नुवाकोट र रौतहटमा एक एक् जनाले ज्यान गुमाएका हुन् ।

झापाको दमक नगरपालिका-५ मा गएराती मोटरसाइकल र स्कुटर आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ ०१ १३ प ८७६६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ९ प ६२१९ नम्बरको स्कुटर दमकको गोर्खा डिपार्टमेन्टल स्टोर अगाडी गएराति सवा ९ बजे आपसमा ठोक्किएका थिए ।दुर्घटनामा मोटरसाइकल चालक दमक ४ का २६ वर्षीय संजोक सुन्दास र स्कुटर चालक दमक ७ का ५० वर्षीय ईन्द्र भुजेल गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये भुजेलको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा राती नै मृत्यु भएको हो ।अर्का घाइतेलाई थप उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।यता रौतहटको माधव नारायण नगरपालिका-६ माधोपुरमा पनि गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री स्थानीय ४५ वर्षीय छोटेलाल पण्डित रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेल्थ ल्याण्ड अस्पतालमा गरुडामा मृत्यु भएको हो ।घाइते भएका मोटरसाइकल चालकको माधव नारायण नगरपालिका ९ का २६ वर्षीय विसाल सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।यता नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बिरमान श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।गल्छीबाट बट्टारतर्फ जादै गरेको प्रदेश २ ०१ ०१९ प ६०७९ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेका बिरमानलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई प्रहरी चौकी तारुकाले नियन्त्रणमा लिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]