३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

काठमाडौं – विद्यालय, अस्पताल तथा व्यवसायिक गृहहहरुमा राखिएका एक लाख ५० हजार सेक्युरिटी क्यामेराहरु ह्याक भएका छन् । उक्त घटनाको खुलासापछि क्यामेरा निर्माता कम्पनी भर्काडाले अनुसन्धानको थालनी गरेको छ ।

ह्याकरहरुले भर्काडा कम्पनीले निर्माण गरेको सेक्युरिटी क्यामेराहरुलाई एक्सेस गरेका हुन् । टेस्ला जस्तो विश्वविख्यात कम्पनीले समेत भर्काडाको सेक्युरिटी क्यामेरा प्रयोग गर्दछ ।

ब्लुमबर्गको रिपोर्टअनुसार जेल, मनोचिकित्सालय, क्लिनिक्स तथा भर्काडाको आफ्नै कार्यालय पनि उक्त ह्याकिङका कारण हाईज्याक भएको थियो ।भर्काडाले अहिले उक्त ह्याकिङको घटनाले कुन कुन क्षेत्रमा कतिसम्म क्षति पुर्‍यायो भन्ने विषयमा अनुसन्धान गरिरहेको बीबीसीले बताएको छ ।कम्पनीले यस विषयमा कानुनी अभियोजकहरुलाई पनि जानकारी गराइसकेको छ । तर यस घटनाबाट कुन कुन क्षेत्र कति मात्रामा प्रभावित भयो भन्नेबारे उसले खुलासा गरेको छैन ।रोयटर्सको समाचार अनुसार उक्त ह्याकिङबाट यातायात स्टार्टअप भर्जिन हााईपरलुप समेत प्रभावित भएको छ । उक्त ह्याकिङ त्यति धेरै अत्याधुनिक नभएको पाइएको छ, जसमा भर्काडामा एक्सेस पाउन सुपर एडमिन अकाउन्टको प्रयोग भएको थियाे ।

ह्याकिङपछि ह्याकरले भर्काडालाई सम्पर्क गरेपछि कम्पनीले अवैधानिक एक्सेसलाई नियन्त्रण गर्न सम्पूर्ण आन्तरिक एडमिनिस्ट्रेटर अकाउन्टलाई डिजेबल गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]