२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारमा जाने र पार्टी एकता हुने विषय हुँदै नहुने भन्ने नभएको बताएका छन् ।

उनले आफूहरुको प्राथमिकता भने सरकारसँग भएको तीन बुँदे सहमतिकै विषय रहेको बताए ।‘पार्टीका कुरा सरकारका कुरा हुँदै नभएको विषय ल्याइएको छ,’ आफ्नो समूहनिकट डिजिटल पत्रिका इरातोखबरसँगको भिडियो अन्तवार्तामा विप्लवले भने, ‘हुँदै हुन्न भन्ने विषय होइन भोलि जे पनि हुनसक्छ ।’विप्लवले आफूहरुको उद्देश्य नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने रहेको बताए । देश संकटमा रहेकाले समाधानको विषयमा आफूहरु केन्द्रित रहेको बताए ।विप्लवले जनमतसंग्रहमा जोड दिए । देशमा एकपटक जनतालाई व्यवस्था रोज्ने अधिकार दिनुपर्नेमा जोड दिए । ‘जनचाहना आमूल परिवर्तन छ,’ विप्लवले भने ।

जनतामा परीक्षण गरेर संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवाद भन्ने टुंगो लगाउनुपर्ने बताए । उनले भने, ‘यही व्यवस्था मान होइन भने दमन गर्छु भन्न पाइन्छ ?’ जनमतबाट व्यवस्था टुंगो लगाउनका लागि सबै तयार हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]