०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

काठमाडौ – ६५ बर्ष माथिका जेष्ठ नागरिकलाइ लक्षित गरी गोरखामा संचालन भएको कोभिड–१९ बिरुद्धको दोस्रो चरणको खोप अभियानमा खोप अभाव भएको छ ।

खोप अभावका कारण कतिपय जेष्ठ नागरिकहरु खोप लगाउनबाट बन्चित भएका छन् । मंगलवार गोरखा अस्पतालमा खोप लगाउन पुगेका गोरखा नगरपालिका–६ बसपार्कका ७८ बर्षीय बाबुराम श्रेष्ठले पनि खोप पाएनन् । खोप सकिएको भनेर उनलाई फर्काइयो ।उनी मात्र होइन खोपका लागि मंगलवार गोरखा अस्पताल पुगेका करिव २० जना भन्दा बढी जेष्ठ नागरिकहरु खोप लगाउन नपाएपछि निराश भएर घर फर्किए । मंगलवारसम्म खोप लगाइने भनेपनि आफूहरुले खोप लगाउन नपाएको उनीहरुको गुनासो छ ।गोरखा अस्पतालमा मात्र होइन अभियान संचालन भएको जिल्लाका अधिकांश स्थानीय तहमा खोप अभाव देखिएको छ । ६५ बर्ष माथिका नागरिकलाई लक्षित गरी यही फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान संचालन भएको हो ।

अभियान अन्तरगत फागुन २३ देखि २५ गतेसम्म गोरखा र पालुङटार नगरपालिका, शहिद लखन, अजिरकोट, गण्डकी र सिरानचोक गाउँपालिकामा र बाँकी स्थानीय तहमा फागुन २७ गते २९ गतेसम्म अभियान संचालन गर्ने स्वास्थ्य कार्यालयले निर्णय गरेको थियो । तर खोप अभियान नसकिँदै खोपको डोज सकिएपछि अधिकांश जेष्ठ नागरिक खोपबाट बञ्चित भएका छन् ।कार्यालयको सोमवारसम्मको तथ्याङ्क अनुसार ७ हजार ९४९ जनाले खोप लगाएका छन् । ६ स्थानीय तहका १० हजार ३५४ जनालाई खोप लगाउने लक्ष्य कार्यालयको थियो । लक्ष्य अनुसार २ हजार ४०५ जनालाइ अझै खोप लगाउन बाँकी छ ।तर कार्यालयसँग करिव सात सय डोज खोप मात्र बाँकी रहेको कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्री बताउँछन् । करिव १६ सय खोप अझै आवश्यक रहेको उनको भनाइ छ । त्यस्तै बाँकी पाँच स्थानीय तहमा यही फागुन २७ गतेबाट अभियान शुरु गर्ने कार्यालयले निर्णय गरिसकेको छ । कुल ५ हजार ६२७ जनालाई खोप लगाउने लक्ष्य रहेपनि खोप अभाव हुने पक्का छ ।

दोस्रो अभियानमा जिल्लाभर कुल १५ हजार ९८१ जनालाइ खोप लगाउने लक्ष्य कार्यालयको छ । तर कार्यालयलाई १२ हजार डोज खोप मात्र आएको, एक हजार पहिलेको स्टक रहेको र अझै करिव तीन हजार भन्दा बढी खोप आवश्यक रहेको खत्रीले बताएका छन् । खोप अभाव बारे प्रदेशदेखि केन्द्रसम्म जानकारी गराइसकेपनि कुनै निर्णय नआएको कार्यालयका निमित्त प्रमुख नरजङ्ग ठकुरीले बताए ।

खोप अभाव भएपछि शहिद लखनमा अभियान रोकियो :
खोप अभाव भएपछि शहिद लखन गाउँपालिकामा अभियान रोकिएको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको खोप सकिएपछि अभियान रोकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । स्वास्थ्य कार्यालयलाइ जानकारी गराउँदा थप खोप उपलब्ध गराउन नसक्ने बताएको उनको भनाइ छ ।

अभियान संचालन भएका अन्य स्थानीय तहमा पनि खोप अभावका कारण अभियान प्रभावित बनेको बताइएको छ । स्वास्थ्य कार्यालयका अनुसार शहिद लखन, सिरानचोक, गण्डकी र गोरखा नगरपालिकामा खोप अभाव भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]