काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् ।
बुधबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउन पार्टीको मूल ध्येय हुने बताए ।यादवले ओली नेतृत्वको सरकारमा जाने जसपाको कुनै योजना नरहेको स्पष्ट पारे ।उनले प्रधानमन्त्रीसंग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने विषयमा भएको तर्क गरे । जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसँग मात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको तर्क गरे ।
उनले कांग्रेस र माओवादीको सरकारमा जान पार्टी खुल्ला रहेको बताएका छन् ।