११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ नेता माधाव कुमार नेपाल र झलनाथ खनाललाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।

बुधबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले सर्वोच्च अदालतको व्याख्यालाई स्वीकार गर्दै एमालेमा फर्किएका नेताहरुलाई सम्मानजनक व्यवहार गर्ने बताए ।‘हामी कानूनी राज्यको अवधारणालाई मान्छौं । सर्वोच्च अदालतले गरेको व्इाख्यालाई शिरोपर गर्दै संविधान बमोजिम त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्छौं । उहाँहरु (माधव नेपाल र झलनाथ खनाल)लाई सम्मानजनक ढंगले व्यवहार हुन्छ’, उनले भने ।नेता नेम्वाङले सरकार अल्पमतको परेको भन्नु गलत भएको टिप्पणी गरे । उनले माओवादी केन्द्रलेसमेत सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा सरकार अल्पमतमा पर्यो भन्न नमिल्ने बताए ।

‘दुई तिहाईको पार्टीलाई सर्वोच्चले विभाजन गरिदियो । संसदमा रहेका राजनीतिक दलहरुले आफ्ने स्थिति प्रष्ट गरिसकेका छैनन् । उनीहरु छलफलमा छन् । कसैले पनि सरकारलाई दिएको समर्थनबारे बोलिसकेका छैनन् । स्वयं प्रचण्ड कमरेड नेतृत्वको नेकपा माओवादी केन्द्रले पनि यसबारेमा बोलेको छैन,’ उनले भने ।त्यस्तै जनता समाजवादी पार्टीसँग सत्ता समिकरणका लागि छलफल जारी रहेको उनको भनाई छ । नेता नेम्वाङले जसपाका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

‘जसपासँग निरन्तर छलफल भइरहेको छ । रेशम चौधरीलाई रिहा, मधेश आन्दोलनका मुद्धा फिर्ता हुनुपर्ने माग राख्नुभएको छ । उहाँहरुको माग पूरा गर्न सरकार तयार छ’, उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]