
नेकपा एमाले केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्य युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-१० जिरिखिम्तीका १९ वर्षीय सन्दिप भण्डारी पथरीशनिश्चरे नगरपालिका-२ मंगलबारेस्थित युवराज बाFस्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएका थिए । उक्त घटनामा संलग्न भएको भन्दै भण्डारीका परिवारले बाँस्कोटाविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।‘अनुसन्धानका लागि हामीले आज बास्कोटालाई नियन्त्रणमा लिएका छौँ,’ मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्र भन्न सक्ने अवस्था छ ।’ मृतक परिवारले २६ पुसमा ‘कर्तव्य ज्यान’ मुद्दामा नेता बाँस्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी परेको थियो ।किटानी जाहेरी परेपछि प्रहरीले मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो ।
पक्राउ परेका नेता बाँस्कोटालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले ल्याएको छ । घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न परिवारले माग राख्दैका थिए ।