३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

अमेरिकाको फ्लोरिडाकी एक युवती आफ्नो विचित्रको सोखका कारण सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् ।

२१ वर्षकी सेफरोन ड्रेविट बेर्लो नामकी यी युवतीलाई सपिङको यस्तो सोख छ कि उनी मिनेटमै लाखौं रुपैयाँ खर्च गर्छिन् । तर, आफ्नो बैंक खातामा रकम १ मिलियन डलरभन्दा कम भयो भने उनी रुन्छिन् ।द सनको रिपोर्टअनुसार सेफरोन बेलायतका पहिलो समलिंगी पिताहरु बेरी र टोनी ड्रेविट बेर्लोकी छोरी हुन् । उनका पिताहरु अर्बपति छन् । बेरी र टोनी अहिले भने छुट्टइसकेका छन् । तर, पिताहरु अर्बपति भएका कारण सेफरोनले पानीझैं पैसा बगाउँदै आएकी छिन् । सेफरोनले डिजाइनर सामान र सौन्दर्यको लागि पैसा खर्च गर्छिन् । सेफरोनका अनुसार एक दिन त उनले एउटा पुन पार्टीमा ८५ हजार डलर खर्च गरेकी थिइन् । सेफरोनका अनुसार यो घटनाका कारण उनका पिता पनि रिसाएका थिए ।

सेफरोनलाई हुर्किंदै गर्दा हरेक महिना ५ हजार डलर दिइन्थ्यो । सेफरोनको पालनपोषण अन्य ४ दाजुभाइसँग भएको हो । उनका दाजुभाइले पनि यस्तै गरी पैसा पाउँथे । सेफरोनले क्रेडिट कार्डबाट पनि सपिङ गर्थिन् र उनको कार्डमा खर्चको कुनै सीमा निर्धारित थिएन । तर, ठूली भएपछि भने सेफरोनलाई परिवारको तर्फबाट मासिक खर्च दिन बन्द गरिएको छ । अहिले सेफरोनको आफ्नै ब्युटी कम्पनी छ जसबाट आम्दानी हुन्छ ।हालै महामारीका कारण व्यवसायमा गिरावट आएपछि उनका पिताले उनलाई १५ मिलियन डलर दिएका थिए । पिताबाट अतिरिक्त पैसा पाएपछि सेफरोनले करिब १ लाख डलर सर्जरीमा खर्च गरिन् । आफ्नो बैंक ब्यालेन्सका विषयमा कुरा गर्दै उनले बैंकमा यति नै पैसा छ भनेर भन्न आफूलाई असहज लाग्ने बताइन् ।

उनका अनुसार उनको खातामा थुप्रै पैसा छ तर पैसा कम भयो भने उनी रुन्छिन् । अहिले सेफरोन धेरैजसो पैसा क्लव, मदिरा र विदामा खर्च गर्छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]