०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको सामना गर्दै चालु आर्थिक वर्षको फागुन २४ गतेसम्म ८४५ मुद्दा फैसला गरिसकेको छ भने एक हजार ४० वटा मुद्दा फैसलाको चरणमा रहेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ९१४ मुद्दा र आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका एक हजार ११ नयाँ मुद्दासहित कुल एक हजार ९२५ मुद्दामध्ये फागुन २४ गतेसम्म ८४५ मुद्दा फैसला भइसकेको अदालतले जनाएको हो ।‘एक मिसन–एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ सिद्धान्तलाई आत्मसाथ गर्दै न्याय सम्पादनमा अदालत अग्रसर रहेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । कोभिड–१९ का कारण मुद्दा फर्छ्योटमा समस्या देखिए पनि अदालतको कामलाई तीव्रता दिएको उनले बताए ।

जिल्ला अदालत मकवानपुरमा दुई वर्ष नाघेका ४ मुद्दा छन् भने १८ महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा छन् । एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, ६ महिनादेखि १ वर्षसम्मका ३०१ मुद्दा र ६ महिना यताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेष्तेदार भट्टराईले जानकारी दिए ।

भवन निर्माणको ठेक्का सम्झौता
जिल्ला अदालत मकवानपुरका लागि सुविधा सम्पन्न भवन निर्माणको काम सुरु भएको छ । सर्वोच्च अदालतको १८ करोड १२ लाख १३ हजार रुपैयाँ लागतमा अदालतको भवन निर्माणको काम सुरु गरिएको हो । साविक जिल्ला अदालत रहेकै स्थानमा ६ तलाको सुविधासम्पन्न भवन निर्माण गर्न कविन्द्र नवसिर्जनशील स्लेट जेभीले ठेक्का सम्झौता गरिसकेको श्रेष्तेदार भट्टराईले बताए ।

सम्झौता मितिले ३० महिनाभित्र काम सक्ने गरी २०७७ माघ २२ गते भवन निमार्णको ठेक्का सम्झौता भएको अदालतले जनाएको छ । हाल उच्च अदालत पाटन हेटौंडा इजलासको प्रशासनिक भवनबाट जिल्ला अदालतले कार्य सम्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]