०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

रूपन्देही – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध गलत भएको बताएका छन् । न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको विप्लवको दाबी छ ।

कपिलवस्तुको शिवगढीमा पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अन्याय, अत्याचार र दमनविरुद्ध लडेको पार्टीमाथि लगाइएको प्रतिबन्ध र दमन सही नभएको जिकिर गरे ।विप्लवले प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समेत आलोचना गरे । महिलाले सम्पत्तिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने उनको भनाइ छ । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएको विप्लवले बताए ।उनले भने, ‘प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरू धुलोपिठो भएका हुन् । प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुन सक्थ्यौँ । सहिद परिवार, बेपत्ता, किसान मजदुर सबै बिर्सिए ।’

सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएको २ महिनाभित्र सखाप पार्छौं भने पनि त्यो सत्य र न्यायका लागि लडेकाले नै असफल भएको विप्लवको तर्क थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]